बैशाख ५ – दिउसो प्रहरीले रोके पनि राती काठमाण्डौ उपत्यकाबाट नागरिकहरु बाहिरिरहेको बिषयमा काठमाण्डौ उपत्यका नगरपालिका फोरमको ध्यान तानिएको छ। समस्या समाधानार्थ बसेको काठमाण्डौ उपत्यका नगरपालिका फोरमको बैठकले नागरिकलाई उपत्यका नछाड्न भनेको हो । नगरपालिका फोरमले नागरिकलाई उपत्यका नछाड्न अनुरोध गर्दै राहत वितरणमा थप सक्रिय हुने निर्णय गरेको छ ।
कुनै पनि नागरिकलाई समस्या परेमा उपत्यकाभित्रका नगरपालिकाका वडा कार्यालय वा टोल फ्री नम्बर ११८० र ११३१ मा फोन गर्न पनि नगरपालिका फोरमले आग्रह गरेको छ ।