सर्लाहीमा वडा कार्यालयद्वारा राहत वितरण

५ years अगाडी teraibulletin

सर्लाहीमा वडा कार्यालयद्वारा राहत वितरण

धर्मेन्द्र् कुमार यादव
समाचारदाता-सर्लाही, बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड19) नियन्त्रणका लागि सरकारले अह्वान गरेको लकडाउनका कारण देशभरक जन जिवन प्रभाबित भएको छ। सर्लाही जिल्लको मलङ्ग्वा नगरपालिका– ७ ले अफ्नो वडामा रहेका गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई शुक्रबार राहत वितरण गरेको छ। पहिलो चरण अन्तर्गत गणेशिया टोलमा बसोबास गर्ने १०६ घरधुरी गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुर परिवारहरूलाई राहत वितरण गरिएको वडा अध्यक्ष प्रमोद राय यादवले जानकारी दिएका छ्न।

प्रति परिवारलाई दश किलो चामल, दुई किलो दाल र नगद तीन सय रुपैयाँ वितरण गरिएको वडा कार्यालयले जनाएको छ । राहत सामग्री पाएपछि लकडाउनबाट मारमा परेका गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुर परिवारहरू खुशी भएका छन् । राहत वितरणमा मलङ्ग्वा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत होमनाथ सुवेदी, सर्वपक्षीय समितिका प्रतिनिधिहरु र सञ्चारकर्मीको उपस्थित रहेको थियो ।

गत चैत १६ गते प्रदेश २ सरकारले निषेधाज्ञा अवधीभर प्रदेशमा रहेका गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । राहत वितरण कार्यक्रमलाई व्यवस्थापन गर्न स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले तत्कालको लागि महानगरलाई रु २५ लाख, उपमहानगरलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने र सोही बराबरको रकम स्थानीय तहलाईसमेत छुट्याउने निर्णय गरेको थियो ।

राहत वितरणलाई पारदर्शी बनाउनका प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र स्थानीय समाजसेवी संस्थाहरु सम्मलित सर्वपक्षीय समिति गठन गरेर मात्र वितरण गर्ने कार्यविधि बनाइएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?