महोत्तरीको गा‌ैशालामा लक डाउनकाे धज्जिया उडाउदै, सम्बन्धित निकाय माैन

५ years अगाडी teraibulletin

महोत्तरीको गा‌ैशालामा लक डाउनकाे धज्जिया उडाउदै, सम्बन्धित निकाय माैन

 

नरेन्द्र महताेगाैशाला,
बिश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरस (कोभिड19) का कारन सरकारले चैत्र ११ गते देखी देशैभर लक डाउन प्रणाली लागू गरेकाे छ।
लक डाउन भए पनि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा स्थानिय लगायत सम्बन्धीत निकायले लक डाउनकाे धज्जिया उडाएकाे छ। गाैशाला नगरपालिकाले लगाएका नियम प्रभावकारी बन्न नसकेकाेमा वुद्विजिविहरु चिन्तित बनेका छन।

विहानकाे समयमा खध्यान्न समाग्री खरीद विक्रि गर्न एक मिटरकाे दुरी कायम गरि समान खरीद विक्र गर्न सकिने नियम बनाए पनि पालन गर्ने र गराउने व्यक्ति नभएकाे कारण लक डाउन प्रभावकारी बन्न नसकेकाे जनाईएका छन । प्रहरीले वजारमा घुम्दा पनि सर्वसधारणमा त्यति असर नपरेकाे स्थानिय वीरेन्द्र कुमार सिंहले गुनासाे गरे।

वजार बन्द भए पनि प्रा: य सबै समानहरु महँगाे दरमा पाईरहेकाे छ। गाैशाला नगरपालिकामा वसाेवास गरेकाे नागरीकहरुलाई लक डाउनकाे मतलव बुझेकाे छैन कि प्रशासनले बुझाउन नसकेकाे हाे अाम सर्वसधाहरुले प्रश्नन गरेका छन।

काेराेना भाईरस विश्वव्यापि रुपमा फैलिरहेकाेले नेपाल पनि उच्च जाेखिम रहे पनि लक डाउनकाे प्रभावकारी बन्न नसकेकाे जनाईएका छन ।स्थानिय प्रशासनले लक डाउनलाई प्रभावकारी बनाउन सकेन भने यहाको अवस्था भयाभय हुने निश्चित रहेकाे स्वास्थ्य कर्मीहरुले चेतावनि दिएका छन।

विश्वका अति सम्पन देशहरु काेराेना विरुधकाे लडाईमा सफलता प्राप्त नगरेकाेले नेपालमा लक डाउन वाहेक केही अरु कुनै समाग्री नरहेकाेले लक डाउनलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायहरुलाई स्वास्थ्यकर्मीहरुले ध्यान अाकार्षण गराएका छन।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?