काठमाण्डौ ६ बैशाख –बिश्व माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट गएको गत २४ घन्टामा ९९१ जनामा कोरोना देखिएको छ भने ४३ जनाको मृत्यु भएको संचारमाध्यामले जानाएका छन ।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, विभिन्न राज्यमा गरेर एकै दिन ९९१ जनामा संक्रमण देखिएको हो। योसँगै भारतमा कोरोना संक्रमितको सख्या १४ हजार नाघेको छ।
आज (शनिबार) बिहानसम्मको तथ्यांकअनुसार, १४ हजार तीन सय ७८ जनामा कोरोना देखिएको छ। त्यसमध्ये चार सय ९३ जनाको मृत्यु भएको छ। गत २४ घन्टामा मत्रै ४३ जनाले ज्यान गुमाएका छन्। भारतमा सबैभन्दा बढी महाराष्ट्रमा तीन हजार तीन सय २३ जनामा कोरोना देखिएको छ।