पर्सा,श्रीनारायण-महतो ६ बैशाख –कोरोना भाइरसबाट बाच्नको लागी सरकारले देशभर गरेको लकडाउनबाट प्रभाबित भएका नागरिकको लागी लैजादै गरिएको राहत बिच बाटोमा नै लुटिएको छ l पर्साको पर्सागाढ़ी गाउपालिका वडा न:-६ को लागी पठाईएको राहत सामग्री बिच बाटैमा लुटिएको हो ।
वडा ६ मा रहेका बिपन्न बर्गको लागी लैजादै गरिएको राहतको सामग्री वडा म:-५ मा लुटिएको समाचार प्राप्त हून आएको छ । गन्तब्यतर्फ पुग्नै लाग्दा बिच बाटोमा नै केही अज्ञात ब्यक्तिको समूहले लूटेर ती सामग्री भागेको स्थानियाले बताएका छन । घटना भएको थाह पाउने बितिकै घटनास्थलमा सशस्त्र र नेपाल प्रहरी पुगेको र थप अनुसन्धान गरीरहेको बताएको छ l घटनाको थप बिबरण आउन बाकी रहेको छ ।