जनकपूरमा पैसा फाल्दै भागेकी दुई मुस्लिम समुदायकी महिलामा कोरोना भाइरस पोजेटिभ  । 

५ years अगाडी teraibulletin

जनकपूरमा पैसा फाल्दै भागेकी दुई मुस्लिम समुदायकी महिलामा कोरोना भाइरस पोजेटिभ  । 

जनकपुर ३ बैशाख-कोरोना भाइरसको त्रासको बेला जनकपूरमा पैसा फाल्दै भागेकी आरोपमा पक्राऊ परेकी दुई मुस्लिम समुदायकी महिलामा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ ।प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको अस्पताल स्रोतले जनाएको छ। शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको बताए पछि जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्ने आमुना खातुन र अलिना खातुन रहेका छन र उनीहरू दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ । उनीहरु दुबैजनालाई शनिबार दिउँसो जानकी मन्दिर पछाडी रहेको मस्जिद नजिकबाट पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय घनुषाले जनाएको छ ।

धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीका अनुसार सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ गरिएको बताउनु भयो ।पीसीआर प्रबिधिबाट पुन परिक्षण पश्चात कोरोना भएको वा नभएको यकीन गर्न सकने अस्पताल श्रोतले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?