पर्सागढी नगरपालिकामा वडा: ६ को राहत वडा:५ मा लुट्ने पाँच जना पक्राउ ।

५ years अगाडी teraibulletin

पर्सागढी नगरपालिकामा वडा: ६ को राहत वडा:५ मा लुट्ने पाँच जना पक्राउ ।

पर्सा,श्रीनारायण-महतो ६ बैशाख –कोरोना भाइरसबाट बाच्नको लागी सरकारले देशभर गरेको लकडाउनबाट प्रभाबित भएका नागरिकको लागी लैजादै गरिएको राहत बिच बाटोमा नै लुटिएको आरोपमा ५ जाना पक्राऊ परेका छन l पर्साको पर्सागाढ़ी नगरपालिका वडा न:-६ को लागी पठाईएको राहत सामग्री बिच बाटैमा लुटिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पक्राऊ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका छन् ।इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय, पर्सा ल्याइएको छ । नियन्त्रण लिइएका सबैमाथि थप कारवाही पक्रिया अघि बढेको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो।

वडा नम्बर ६ का लागि भनेर लैजादैं गरिएको ती राहत सामाग्री वडा नं. ५ मा लुटिएको थियो । नगरपालिकाको वडा नं. ६ चैनपुरको लागि नगरपालिकाको ट्रेक्टरले लैजादैं गरेको दाल तेल नुन साबुन लगायतको करिब एक सय पोका सामग्री लुटिएको हो ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?