पर्सा,श्रीनारायण-महतो ६ बैशाख –कांग्रेस निकट नेपाल विद्यार्थी संघको स्थापना भएको आज (शनिबार) ५१ वर्ष पूरा भएको अवसर नेपाल विद्यार्थी संघ पर्साले प्रजातान्त्रीक आन्दोललाई निष्कर्षमा पुर्याउन शहिद भएका राम – लक्ष्मण, कुशेश्वर ( कामेश्वर, लिला – ठगी लगायतका लाइ सम्झनामा गर्दै मनाएका छन ।
कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न सरकारले आह्वान गरेको लकडाउनको समर्थन गर्दै घरघरमै मैनबत्ती बालेर शहिद प्रति श्रद्धान्जली अर्पण गर्दै दिवस मनाइएको नेविसंघ पर्साले जनाएको छ ।नेपाल विद्यार्थी संघ स्थापनाकाल देखिनै राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकताका सिद्धान्तमा निरन्तर अग्रसर रहेको नेविसंघ पर्साका सभापति विकास तिवारीको भनाई रहेको छ।