पर्साको बहुदरमाई नगरपालिकामा दुई पक्षीय झडप हुदा ७ जाना घाइते:बिस्तारित बिबरण आउन बाकी  ।

५ years अगाडी teraibulletin

पर्साको बहुदरमाई नगरपालिकामा दुई पक्षीय झडप हुदा ७ जाना घाइते:बिस्तारित बिबरण आउन बाकी  ।

 

 

पर्सा,श्रीनारायण-महतो ६ बैशाख-पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ दुई समुहबीच झडप भएको छ । नगरपालिकाको विश्रामपुर गाउँमा झडपमा परेर केहि व्यक्ति घाइते समेत भएका छन् ।जिल्ला प्रहरी कार्यालय पर्सा अनुसार २ महिला सहित आधादर्जन व्यक्ति घाइते भएको जनाएको छ । घाइतेहरुको अहिले वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार चलिरहेको स्थानीयहरुले जनाएका छन् ।

 

सामान्य विषयलाई लिएर विवाद हुँदा झडप भएको पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो । सामान्य विषयलाई लिएर झडप भएको बताउदै प्रहरी उपरिक्षण पन्तले अहिले सम्पूर्ण जानकारी आएको छैन, आधा दर्जन जति घाइते भएका छन् र केहिलाई हामीले पक्राउ समेत गरेका बताउनु भयो ।

 

अवस्था अहिले सामान्य छ, हामि अनुसन्धान गरिरहेका छौं, भोलि सम्म सबै कुरा प्रष्ट हुन्छ होला । झडपमा परी फरिया देवी, मजबुन खातुन, समिना खातुन, चन्दन गुप्ता, सुनिल गुप्ता, शुसिला देवी पटेल र बदिया राज भट्ट घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरुलाई चोटपटक लागेको र अस्पतालमा उपचार चलिरहेको प्रहरी उपरीक्षक पन्तले जानकारी दिनुभयो ।  बिस्तृत जानकारी आउन बाकि ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?