पर्सा,श्रीनारायण-महतो ६ बैशाख-पर्साको बहुदरमाई नगरपालिका वडा नं. ९ बिश्रामपुरमा आज (शनिबार) राती २ पक्ष बिच झडप हुदा ७ जना घाइते भएका छन् भने २ जनालाई प्रहरी नियन्त्रणमा लिएकाे छ । झडपमा परी फरिया देवी, मजबुन खातुन, समिना खातुन, चन्दन गुप्ता, सुनिल गुप्ता, शुसिला देवी पटेल र बदिया राज भट्ट घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार वीरगंज स्थित नेशनल मेडिकल कलेज र गण्डक हस्पिटलमा भइरहेकाे छ। झगडिया राजु गुप्ता र नसुरलाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानियहरुका अनुसार बिश्रापुर स्थित महजिदमा सोबरातको नेमाज पढन आएका अपरिचित व्यक्तिहरुलाई राेकन खाेज्दा विवाद भई दुई पक्ष बिच झडप भएको हो।