बहुदरमाई अपडेट:केही कुनीयत भएको ब्यक्तिहरू सामाजिक सद्भावमा खलल पुर्याउन खोजेको वडा अध्यक्ष गुप्ताको गुनासो । 

५ years अगाडी teraibulletin

बहुदरमाई अपडेट:केही कुनीयत भएको ब्यक्तिहरू सामाजिक सद्भावमा खलल पुर्याउन खोजेको वडा अध्यक्ष गुप्ताको गुनासो । 

 

पर्सा,श्रीनारायण-महतो ७ बैशाख-पर्साको बहुरमाई नगरपालिकामामा वडा न:-९ बिश्रामपुरमा गैराती(शनिबार) भएको झडप जातीय हिंसा नभई गाउ घरका बालबालिकाको एक आपसी सामान्य बिबादले नै झडप हुदा उग्ररूप लिए पछि उक्त घटना हूँ पुगेको वडा न:-९ को वडा अध्यक्ष रबी गुप्ताले प्रष्ट गर्नु भएको छ ।

बालबालिकाको सामान्य बिबादलाइ उग्र बनाउनु र जातिबादी जोडेर हिंसा फैलाउने तथा सामाजिक सद्भावलाइ बिथोलने नियत राखेका केही ब्यक्तिका कारण समाज यस्तो घटना हून पुगेको बताउदै वडा अध्यक्ष गुप्ताले दुखेसो ब्यक्त गर्नु भयो l

बिश्रामपुर मस्जिदमा बाहिरको कुनै मोल्बी / मौलाना वा कुनै मानिस नाएको बताउदै उहाले मस्जिदलाइ पहिला नै हामीले प्रहरी बोलाई खानतालासी गराई सकेको तर पनी यो वडालाइ र याहा भएको एउटा सामाजिक सद्भावलाइ बिथोलनेहरुको कुनियतिको कारण यो घटना हून पुगेको बताउनु भयो ।

यसै गरी उक्त वडाका वडासदस्य फकरुद्धिन देवानका अनुसार, मौजेटोलमा रहेको मस्जिदमा शनिबार बेलुकी केही व्यक्तिले ढुङगा, इँटा प्रहार गरेपछि त्यही विषयलाई लिएर झडप भएको बताउनु भयो । ४/५ जना उच्छृङ्खल व्यक्तिले मस्जिदमा बाहिरका जमाती ल्याएर राखिएको भन्दै ढुङगा, इँटा हान्न थालेपछि मस्जिद छेउकै स्थानीयले प्रतिवाद गर्दा झडप हुन पुगेको वडा सदस्य देवानले बताउनु भयो ।  झडपको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको वडा सदस्य देवानले बताउनु भयो ।

झडपमा परी घाइते भइ नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका चन्दन गुप्ताले मस्जिदमा केहिदिन देखि बस्दै आएका बाहिरका जमातीलाई नराखौ भनेर आफूहरु जाँदा ढुङगाले हान्न थालिएपछि झडप भएको दाबी गर्नु भयो ।

हिजो(शनिबार)राती बिश्रामपुरको मौजे टोलमा देवान र कलवार दुबैपक्ष बिच भएको झड़पमा परी ८ जाना भन्दा बढ़ी घाइते भएका छन । घाइते हुनेहरुमा देवान पक्षका फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट र बडिया राय भाट तथा कलवार पक्षका चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी रहेका छन । घाइतेहरुको वीरगन्जस्थित नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ ।

प्रहरीले झडपमा संलग्न रहेको आरोपमा स्थानीय राजु गुप्ता र नसुरलाह मियाँलाई पक्राउ समेत गरेको पर्साकी प्रहरी उप्रिक्षक गंगा पन्तले बताउनु भयो l यस विषयमा अनुसन्धान भइरहेको पन्तले जानकारी दिनु भयो ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?