पर्सा,श्रीनारायण-महतो ७ बैशाख-पर्साको बिन्दवासिनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेको दुर्ई जनाको आरडिटी नतिजा भने नेगेटिभ आएपछि उनीहरुलाइ घर पठाइएको छ । बिन्दवासिनी गाउँपालिकामा स्थापित क्वारेन्टाइनमा बसेका दुई भारतीयर्को यापिड टेस्टको नजिता नेगेटिभ आएको बताइएको छ ।
बिन्दवासिनी गाउँपालिकाको वडा नं. ३ स्थित रहेको विद्यालयमा बनाइएको क्वारेन्टाइमा उनीहरु बसिरहेका थिए ।यापिड टेस्टमा नतिजा नेगेटिभ आएको निमित प्रमुख प्र्रशासकिय अधिकृत मुन्ना साह रौनियारले बताउनु भयो । पोखरिया अस्पतालबाट खटि आएको स्वास्थ्यकर्मीको टोलीले आरडिटी परिक्षण गरेको रौनियारले बताउनु भयो ।
दुवैलाई कोरोना संक्रमितको आशंकामा गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो । भारत घर भएका दुवै जाना बिन्दवासिनी गाउँपालिकामा अस्थायी रुपमा बसोबास गर्दै आएका थिए । एक जना वडा नं. ५ स्थित प्रसौनीभाठा र अर्का एक जना वडा नं. ३ स्थित झौवागुठीमा बस्दै आएका थिए । आरडिटी नतिजा नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको रौनियारले जानकारी दिनु भयो ।