पर्सा,श्रीनारायण-महतो ७ बैशाख- विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) संक्रमण राेकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभाबित परेका छपकैयाका बिपन्न परिवारहरुलाई राहत स्वरुप खाद्यन्न समाग्री वितरण गरिएको छ ।
बीरगंज महानगरपालिका वडा नं-१ बजार छपकैया वडाध्यक्ष मनोज प्र.गुप्ता अगुवाईमा वडा अन्तर्गतका विपन्न परिवारका लागि राहत खाध्यान सामग्री वितरण गरिएको उहाले बताउनु भयो।वडा अध्यक्षय पुप्ताले अति विपन्नको पहिचान गरि ५ सय ३२ जना परिवारहरुलाई राहत वितरणको काम गरिएको बताउनु भयो ।
वडामा रहेका विपन्न परिवारको पहिचान र राहत वितरणका लागि विभिन्न दलका प्रतिनीधि, शस्त्र, प्रहरी र जनप्रतिनीधिहरुको वडा स्तरिय सर्वदलिय समिति बनाई बितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनु भयो । राहतमा प्रति परिवार १५ किलो चामल,१ किलो दाल, १ प्याकेट नुन, १ प्याकेट खाने तेल, र ३ पिस साबुन वितरण गरिएको वडा अध्यक्ष गुप्ताले बताउनु भयो ।कोरोना महामारी फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरी जीवन यापन गर्दै आएका विपन्न परिवारको जीवन रक्षार्थ राहत वितरण गरिएको हो।
राहत वितरण कार्यमा वडाध्यक्ष गुप्तासहित वडा सदस्यहरु र छपकैयाका चौकी इन्चार्ज बिनोद राणा लगायतका रहेको स्थानीय युवा सानु कुमार साहले बताउनु भएका छन।