मेहनत गरी लगाइएको तरकारी खेतमै कुहिन थाले: हामीलाई पनी राहत चाहियो: सरकार संग कृषकहरुको माग । 

५ years अगाडी teraibulletin

मेहनत गरी लगाइएको तरकारी खेतमै कुहिन थाले: हामीलाई पनी राहत चाहियो: सरकार संग कृषकहरुको माग । 

पर्सा,श्रीनारायण-महतो ७ बैशाख-बिश्वभर माहारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट बाच्नको लागी सरकारले गरको लकडाउनबाट कृषकहरू बढ़ी मारमा पर्न बाध्य भएका छन । पर्साको बहुदरमाई नगरपालिका वडा न :१ बिश्रामपुरमा पूजा एग्रो हबको नामबाट संचालित रहेको कृषि फर्मकी सचालिका देव मति देबिले बताउनु भयो  । उहाले घरेलु तथा साना उद्योग कार्यालय पर्सामा पूजा एग्रो हबको नामबाट कृषिफर्म दर्ता गराई ठुलो क्षेत्रफलमा तराकारी खेती गर्दै आउनु भएको छ ।

खेतमा लगाइएको तरकारी लटरम फलेको तर बेचन नपाएर खेतमा नै कुहिएको तरकारी हेरी बिलाप गर्नु साटो कुनै निकास नभएको उक्त फर्मकी सचालिका देव मती देबिले दुखेसो ब्यक्त गर्नु भयो  । नगदे बालिको रुपमा बिशेष जोड़ दिएर मेहनत गरी तराकरी लगाउने गरेको बताउदै उहाले अहिले मेहनत गरी फलाएको तराकारी खेतमै कुहिन थालेपछि दोहोरो मारमा परेको गुनासो गर्नु भयो  ।

घाम,बतासमै मेहनतको साथ माटोलाई गोड्मेल गर्दै तरकारीको बोट लगाउने गरेको र एकछक कटाएर संचित गरिएको पैसाले मल,पानी छर्की फलाएको तरकारी अब बेचने समय आएपछि बेचन नसके क्विन्टलको हाराहरिमा तरकारी खेतमा नै कुहिने गरेको बताउदै दुखेसो पोख्नु भयो । २५ काठा भन्दा बढिमा क्षेत्रफलमा टमाटर,भण्टा,खुरसानी,लौका,काक्रो,करेला,बोडी लगायतको तरकारी लगाइएको र सबै फलेर लटरम भएको र बेचन नपाएर खेतमा नै कुहिने गरेको पूजा एग्रो हब कृषि फर्मकी सचालिका देव मती देबिले बताउनु भयो ।

उहाले ठुलो क्षेत्रफलमा लगाइएको तरकारीको उपादान पनी बढ़ी नै भएकोले स्थानीय स्तरमा खपत समेत नहुने गरेको र बीरगंज पनी लैजान नपाइएकोले खेतमा नै कुहिने गरेको बताउनु भयो l उहाले यति बढ़ी मात्रामा तरकारी गाउ देहातको बजारमा खपत समेत नहुने गरेको बताउनु भयो । उहाले तरकारी बेचेर नै हामीले सरकारलाइ कर तिरने गरेको र अब हामी किसान पीड़ित भएको समयमा सरकारले समेत हामीलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

फर्म की सचालिका देव मती देबी सरकार संग माग गर्नु भयो  । उहाले म मात्र होइन म जस्तो पर्सा जिल्लामा धेरै किसानहरू पीड़ित भएको होला ऊनिहरुलाई पनी सरकारले उचित ब्यवस्थापन गर्नु पर्ने माग गर्नु भयो  । उहाले सरकार अहिले जसरी अन्य बर्गको लागी राहतको प्याकेज घोषणा गरिरहेको छ यसरी नै पीड़ित कृषककोलागी समेत उचित राहको घोषणा गर्नु पर्ने बताउनु भयो  । उहाले अहिलेको अवस्थामा सरकारलाइ किसानको पीड़ालाइ बुझदिन आग्रह गर्नु भयो ।

एता घरेलू तथा साना उद्योग कार्यालय पर्साले यस कार्यालयबाट दर्ता गरी संचालनमा रहेको कृषि फ़ार्म वा बिना पनी दर्ता गरी संचालनमा रहेको कुनै पनी कृषि फ़ार्म आफ्नो समस्या लिएर नआएको जानाएको छ । पीड़ामा परेका किसानले अहिले सम्म हाम्रो सम्पर्क कोही पनी नआएकोले यसबारेमा केन्द्रमा कुरा नउठाईएको एक अधिकारीले बताएका छन ।  ऊनि भन्छन यदि पीड़ित किसान हाम्रो संपर्कमा आयो भने हामी केन्द्र सम्म पहल गर्ने बताएका छन ।

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?