तराइ खबर समाचारदाता-जनकपुरधाम,
धनुषाको जनकनन्दनी गाउँपालिका एक वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो । उनी एक महिना भारत बसेर गत चैत २२ गते साँझ आएका थिए । कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको अवस्थामा उनी लुकेर घर आएको स्थानीयले बताएपछि चैत २४ गते उनलाई वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।
१४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए ।
उनले जानकारी दिए अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र ववडा अध्यक्षको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएपछि उनलाई PCR परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।