सत्ता, शक्ति र पैसाको भरमा पार्टी फुटाउन विधेयक ल्याइएको समाजवादी पार्टीको अध्यक्ष यादवको दावी।

५ years अगाडी teraibulletin

सत्ता, शक्ति र पैसाको भरमा पार्टी फुटाउन विधेयक ल्याइएको समाजवादी पार्टीको अध्यक्ष यादवको दावी।

 

काठमाण्डौ ९ बैशाख-सरकार ले ल्याएको दुइवाटा अध्यादेशको समाजबादी पाटीले समेत बिरोद्ध गरेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज (मंगलबार) एक विज्ञप्ति निकालेर सत्ता, शक्ति पद र पैसाको चलखेल गरेर पार्टी फुटाउन अध्यादेश ल्याइएको दावी गर्दै यसले देशमा राजनीतिक अस्थिरता ल्याइ लोकतन्त्रलाई नै धरापमा पार्ने र देशलाई दुर्घटनामा पार्ने बताउनुभएको छ ।

अध्यक्ष यादवले सरकारको यो कमदले देशलाई द्वन्द्व र अस्थिरतातर्फ धकेल्ने दावी गर्दै दुवै विधेयक फिर्ता लिन विज्ञप्तिमार्फत सरकारसँग माग पनि गर्नुभएको छ  ।

लोकतन्त्र र राष्ट्रिय हितका लागि सरकारले चालेको कदमविरुद्ध एकताबद्ध हुन आम नागरिकलाई समाजवादी पार्टीले आग्रह पनि गरेको छ । यसै गरी सरकारको अध्यादेश प्रति नेकपाको नेतारु समेत रुष्ट भएका छन  ।अहिले मुख्य प्रतिपक्षी नेपाली काग्रेश सहित साना दल समेत सरकारको अध्यादेशमा असहमति जाएका छन ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?