पर्सा,श्रीनारायण-महतो ९ बैशाख –विश्वब्यापी माहामारीको रुपमा देखा परेकोे कोभिड १९ को प्रभाव र त्यसका कारण उत्पन्न मानव अधिकारको अवस्था अनुगमन गर्नको लागि आज पर्सामा जिल्ला स्तरिय ३ सदस्यीय मानवअधिकार अनुगमन सञ्जाल गठन भएको छ ।
जस्को संयोजकमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई चयन गरिएको छ भने सदस्यहरुमा गैर सरकारी संस्था महासंघका अध्यक्ष छठु साह र जिल्ला अदालत पर्सा बार एशोसिएशनका अध्यक्ष धु्रबदेब प्रसाद कुर्मी रहनुभएको छ ।
समितीको आजै बसेको बैठकले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा मानव अधिकारको स्थित र अवस्था बुझन समितीले तत्परताकासाथ अनुगमन गर्ने सर्वसम्मति निर्णय गरेको छ ।
माहामारीको मौका छोपेर यसका आडमा हुने बिबिध प्रकारको बिकृति र विसंगतिको बारेमा समेत आयोगले सरोकारवाला निकायलाई ध्यानाकर्षण समेत गराउने निर्णय समेत गरेको छ । बैठकले पर्साका सबै पालिकाको गाउँ एवं टोलसम्म अनुगमन गर्ने निर्णय समेत गरेको छ ।