गरीव पहिचान हुन नसकेकाे कारण राहतमा ढिलाई- सोनमा गा पा प्रवक्ता अशोक यादव

५ years अगाडी teraibulletin

गरीव पहिचान हुन नसकेकाे कारण राहतमा ढिलाई- सोनमा गा पा प्रवक्ता अशोक यादव

नरेन्द्र महताे गाैशाला-
महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकाका अति विपन्न परिवारहरु राहत बाट वन्चित भएका छ। सरकारले लक डाउन गरेकाे दिन देखि ज्वालादारी गर्ने मजदुरहरु निकै समस्यामा परेका छन । मजदुर तथा गरीवहरुकाे लागि प्रदेश सरकारले उपलब्ध गराएकाे रकम पनि गरीवकाे घरमा अाज सम्म नपुगेकाे कारण उनिहरुकाे चुल्हाे चाैका बन्द भएकाे कारण खालि पेट दिन रात सुत्न बाध्य रहेका छन।
स्थानिय सरकार भए पनि जनतालाई विपत परेकाे समयमा दिएकाे राहत पनि गरीवकाे घरमा नपुगेर गाउँपालिकामा थनकिएर राखेकाेले उनिहरु झन विचलितमा परेका छन । राहत दिनकाे लागि साेनमा गाउँपालिका राहत वितरणमा पछाडि नपरेकाे तर राहतकाे नाममा अाम जनताले सरकारले अनुदान रकम दिएकाे बुझिएकाे कारण ढिलाे हुन पुगेकाे साेनमा गाउँपालिका प्रवक्ता अशाेक कुमार यादवले जनाए।

सर्वदलिय समिति परादर्शी नभएका कारण पनि समस्या भएकाेले गर्दा ज्वालादारी मजदुर,गरीव ,विप्नन परिवारहरुलाई राहत दिनु पर्छ याे मेराे मान्यता भए पनि सर्वदलिय समितिले यसाे नगरेकाे कारण गरीवहरु राहत बाट बन्चित हुने निश्चित नै छन र धनी व्यक्ति राहत पाउनु हुने छन । तर जे भए पनि राहत पाउने व्यक्तिकाे नाम संकलन भईरहेकाेले दुई चार दिन भित्र राहत वितरण हुने प्रवक्ता यादवले जनाए।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?