बारा ९ बैशाख-लकडाउनको प्रभावबाट प्रभाबित भएका गरीब अति बिपन्न बर्गलाइ बाडनको राहत स्वरूप खरीद गरिएको खाद्यानमा कुहिएको दाल बिक्री गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव पक्राउ परेका छन् । रायले आफ्नो आसपासका वडा अध्यक्ष हरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि उनलाई पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताउनुभयो।
यस अघि नै उक्त घटनामा संलग्न रहेका ८ जना पक्राउ परीसकेको प्रहरी उपरिक्षक पंगेनीले बताउनुभयो। यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो।
त्यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो। त्यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७-मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो। कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम गत शनिबार शिलबन्दी गरेको थियो।