काठमाडौं ९ बैशाख –उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। आज (मंगलबार) स्वास्थ्य मन्त्रालयले ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको छ ।यीनिसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जानाएको छ ।
उदयपुरका अरू ८ जनाको स्वाब विराटनगरमा परीक्षण गर्दा उनीहरूमा पनि कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अुनसार ती ८ जनाको स्वाब पुन: परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताउनुभयो l