Breakin-News:-नेपालमा आज एकैदिन १० जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ४१ पुग्याे

५ years अगाडी teraibulletin

Breakin-News:-नेपालमा आज एकैदिन १० जनामा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या ४१ पुग्याे

 

काठमाडौं ९बैशाखबिश्वभरी माहामारीको रुपमा फैलिएको कोरोनाको नेपालमा मङ्गलबार एकैदिन १० जनामा को सङ्क्रमण पुष्टि भएकाे छ । उदयपुरमा थप १० जनालाई आज एकैदिन कोभिड १९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

 

विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शङ्कास्पद आएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएकोमा नतिजा पोजेटिभ आएको उहाँले बताउनुभयो छ । यसअघि मङ्गलबार नै उपयपुरमा अर्का एक जनालाई सङ्क्रमण भएको पाइएको थियो । योसहित उदयपुरमा मात्रै सङ्क्रमितको सङ्ख्या २३ पुगेको छ भने देशभर सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । कोरोनाको आशङ्कामा उदयपुरमा तीन सय २० जनाको नमुना परीक्षण गरिएको छ ।

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?