विपन्न र मजदुरलाई सांसद चौधरीको निजी स्रोतबाट राहत वितरण

५ years अगाडी teraibulletin

विपन्न र मजदुरलाई सांसद चौधरीको निजी स्रोतबाट राहत वितरण

 चैत २७,काठमाडौं ।राजपा नेपालका  नेता तथा संघीय सांसद  चन्दा चौधरीले महोतरी जिल्लाको मटिहानी र जलेश्वर नगरपालिकामा ज्यामजदुरी गर्ने परिवारलाई राहत वितरण गरेका छन।

कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई राहत र स्वास्थ्य सामाग्री अभाव भएको बेला सांसद चौधरीले खैराका दुई सय विपन्न दलित र मजदुरलाई निजी स्रोतबाट राहत र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ बाट समानुपातिक साँसद रहनुभएको साँसद चौधरीले मटिहानी नगरपालिका वडा नम्बर ४ र ५ का १ सय ३० परिवार मुसहर र चमार तथा जलेश्वर नगरपालिकाको वडा नम्बर ३ का ७० घरपरिवार मुसहरलाई राहत वितरण गर्नुभएको हो ।

व्यक्तिगत कोषबाट साँसद चौधरीले प्रति परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो चिऊरा, २ किलो आलु, १ किलो प्याज, १ लिटर खानेतेल र १ किलो नुन वितरण गर्नुभएको हो ।साथै उनीहरुलाई साबुन र माक्स समेत वितरण गरेका थिए ।तीन साता लामो लकडाउनको अवस्थामा खानपिनमा निक्कै समस्या भएको मुसहर र चमार परिवारले राहत पाएर निक्कै खुशी भएका छन् ।

यसैबीच साँसद चौधरीले आजै महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कोरोना भाईरसको संभावित वा संक्रमित व्यक्तिको उपचारमा सहभागी हुने उद्देश्यले त्यहा कार्यरत चिकित्सकहरुका लागि ४ चार थान पीपीए र केहि सेनिटाईजर पनि प्रदान गर्नुभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेयले बताए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?