BREAKIN-NEWS:-नेपालमाएकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२

५ years अगाडी teraibulletin

BREAKIN-NEWS:-नेपालमाएकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२

 

काठमाडौं ९ बैशाख-उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा नोबेल कोरोना भाइरस (कोभिड१९ ) संक्रमितको संख्या ४२ पुगेको छ ।उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मीडिया ब्रीफिंगको क्रममा जानकारी दिनुभयो ।

 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो ।उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । आज (मंगलबार) पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?