धनुषामा मजदुरको शव गाड्ने इँटा उद्योगका मालिक पक्राउ

५ years अगाडी teraibulletin

धनुषामा मजदुरको शव गाड्ने इँटा उद्योगका मालिक पक्राउ

तराइ खबर- समाचारदाता धनुषा,
धनुषामा मजदुरको शव गाड्ने इँटा उद्योगका मालिक पक्राउ परेका छन। काम गर्दागर्दै मृत्यु भएको मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ परेका छन् ।
जिल्लाको विदेह नगरपालिका ३ जोगियास्थित भगवत्ती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको गत वैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो । ४० बर्षीय उनको चुँडिएको विजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग सञ्चालकले उनको पोष्टमार्टम समेत नगराई जमिनमा गाडेको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले बताए ।

‘हामीले यो जानकारी पाएपछि मृतकलाई गाडिएको ठाउँको उत्खनन गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छौं’ उनले भने ।

मजदुरको शवलाई गाड्ने उद्योग मालिक अनिफ नदाफ र अजिम मन्सुरीलाई नियन्त्रणमा लिई घट्नाबारे थप अनुसन्धान शुरु गरिएको उनले बताए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?