सांकेतिक:फोटो
पर्सा,श्रीनारायण-महतो १० बैशाख –बिश्वभर माहामारिको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बाच्नको लागी सरकारले देशभरी गत चैत्र ११ गतेदेखि गरेको लकडाउनको आज ३० औ दिन अर्थात एक महीना पूरा भएको छ ।
सुरु सुरुमा लकडाउनको अर्थ नै नबुझी कतिपयले यसलाई ठारो रुपमा नै उलंघन गरेको भएतापनी पछि नेपालमा पनी दिनप्रतिदिन कोरोना संक्रमित भेटिन थाले पछि यसलाई सरकारको दबाव नमानी यो त हाम्रै जीवनको सुरक्षाको लागी होनी भनी अब पूर्ण रुपमा नै पालना हुन थालेको छ ।
बारा,पर्सा,रौतहट लगायत नेपालभरी नै जनताले यसलाई स्वतफूर्तरुपमा पालना गर्न थालेको देखिएको छ । एता प्रदेश दुईको एकमात्र महानगरपालिका बीरगंजनगर क्षेत्रमा पनी कड़ाईको साथ लकडाउनलाइ स्थानीय प्रसासनले पालना गराएको देखिएको छ ।
बीरगंज २ छ्प्कैयामा गत चैत्र ३० गते एकैदीन एकै ठाउबाट तिन जाना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पोजेटिभ भेटिए पछि बीरगंजबासी आफै सचेत हुदै वडा –वडामा जानआउनमा प्रतिबन्ध लगाउदै लकडाउनको पूर्ण रुपमा पालना गरिरहेको देखिएको छ ।
आज पनी बिहानैबाट लकडाउनको पालना गर्दै आवश्यकता बिनाको कुनै गाडी नचलाइएको देखिएको छ भने मानिसहरू समेत घर बाहिर मात्र कामले निस्कने गरेको देखिएको छ ।यसै गरी उता पर्साको ग्रामीण भेगमा समेत लकडाउनको पालना भएको देखिएको छ तर एक महिनाको अंतरालमा मात्र बिपन्न बर्गलाइ नभई अब मध्यम किसिमको जनतालाइ समेत दैनिकी चलाउन कठिनाई हुने गरेको बताएका छन ।