ओबिसि पर्सा अध्यक्ष साहको मुख्यमन्त्री संग प्रश्न किन अहिले सम्म पिसिआर मशिन संचालनमा आएन

५ years अगाडी teraibulletin

ओबिसि पर्सा अध्यक्ष साहको मुख्यमन्त्री संग प्रश्न किन अहिले सम्म पिसिआर मशिन संचालनमा आएन

 

पर्सा,श्रीनारायण-महतो १० बैशाख- विश्वब्यापी रुपले महामारीको  फैलिरहेको (कोभेड-१९ )नोबोल कोराना भाईरसको चेक जाँचको लागि प्रदेश २ सरकारले पिसिआर मेसिन नारायणी अस्पतालमा राखेपनि अहिले सम्म सेवा  सुचारु हुन सकेको छैन ।

अखिल ने्पाल पिछडा बर्ग (OBC)पर्साका अध्यक्ष युवा नेता साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पतालमा पिसिआर मेसिन चैत ३० गते आईतबार देखि चेकजाच  हुन्छ भने पनि आज सम्म संचालनमा किन आउनसकेन  प्रशन गरेका छन् ।

अखिल नेपाल पिछडा बर्ग ( OBC) पर्साका अध्यक्ष अकलेश  साहले पिसि आर मेसिन सुचारु नभएको कारणले प्रदेश २ मा रहेका जनताहरु कोरोना परिक्षण  हुन नसेको कुरा एकदम निन्दनीय रहेको बताउनु भयो ।

साहले अती विपिन्न परिवार र  दैनिक ज्यालादारी मजदुरी गरि खाने परिवारको लागि खाना र औषधी उपलब्ध गराउनको लागि प्रदेश सराकार र स्थानिय सरकार समन्वय गरि राहत बितरण गर्न  आग्रह समेत गर्नु भएको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?