तराइ खबर समाचारदाता-काठमाडौं,
भारतले नेपाललाइ नोभेल कोरोना भाइरसको संक्रमण विरुद्ध लड्नका लागि २३ टन अत्यावश्यक स्वास्थ्य सामग्री उपहार दिएको छ। द्विपक्षीय सहकार्य भएको कारन भारतले नेपाललाई उक्त मेडिकल सामग्री हस्तान्तरण गरेको काठमाडौं स्थित भारतीय दूतावासले जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
उक्त स्वास्थ्य सामग्रीमा ८ लाख २५ हजार डोज आवश्यक औषधि, तीन लाख २० हजार पारासिटामोल र दुई लाख ५० हजार डोन हाइड्रोक्सिक्लोरोक्वाइन सहयोग गरेको दूतावासले जनाएको छ ।
यसअघि १५ मार्चमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क भिडियो सम्मेलनका क्रममा सार्क राष्ट्रलाई कोरोनाविरुद्ध लड्क भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।