रक्षक नै भक्षक भएको स्थानिको आरोप:महिलालाइ कुटपिट गरेको भन्दै सशस्त्र प्रहरी र स्थानीय बिच झड़प ।

५ years अगाडी teraibulletin

रक्षक नै भक्षक भएको स्थानिको आरोप:महिलालाइ कुटपिट गरेको भन्दै सशस्त्र प्रहरी र स्थानीय बिच झड़प ।

 

पर्सा,श्रीनारायण-महतो १० बैशाख –रक्षक नै भक्षक भए पछि आफुहरू झन पीडामा परेको पर्सा ग्रामीण भेग भिस्वा जनताहरुले गुनासो गरेका छन  । पर्साको ग्रामिण भेग स्थित भिस्वा सिमा नाकामा आज बुद्धबार सशस्त्र प्रहरी र स्थानिय बिच विवाद हुदा झडप भएको छ ।पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ५ स्थित पर्ने भिस्वा सिमा नाकामा सशस्त्र प्रहरीले सिमा पारीबाट तरकारी खरिद गरि आइरहेका महिलालाई कुटपिट गरे पछि स्थानिय र सशस्त्र प्रहरी विच विवाद हुदा केही बेर तनाव समेत भएको थियो ।

बुधबार विहान १० बजे भएको विवादको क्रममा स्थानियहरुले सशस्त्र प्रहरीमाथी ढुंगामुड समेत गरेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सशस्त्र प्रहरी संग भएको झडपमा स्तिथि तनाव ग्रस्त हुदै जादा इलाका प्रहरी कार्यालय पोखरियाबाट गरेको प्रहरीको टोलीले स्तिथिलाइ नियन्त्रणमा लिएको थियो ।

सिमा पारी सिक्टाबाट तरकारी किनेर आइरहेकी २ जना महिलालाई भिस्वा सिमा नाकामा खटेका सशस्त्र प्रहरीले निर्धात कुटपिट गरे पछि आक्रोसित स्थानियहरु सशस्त्र प्रहरी बिरुद्ध उत्रेका थिए । पर्साको धोबिन गाउँपालिकाको लंगडी निवासी ति महिलाहरु घाइते समेत भएकका स्थानीयले बताएका छन ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?