प्रदेश दुइका मुख्यमन्त्री राउतको प्रतिनिधी समीर बीरगंजबाट पक्राऊ

५ years अगाडी teraibulletin

प्रदेश दुइका मुख्यमन्त्री राउतको प्रतिनिधी समीर बीरगंजबाट पक्राऊ

 

 

प्रदेश दुइका मुख्यमन्त्री राउतको प्रतिनिधी समीर बीरगंजबाट पक्राऊ

 

वीरगन्ज १० बैशाख-संघीय समाजवादी पार्टी पर्साका स्थानीय नेता शेख समिरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी टोलीले बुधबार बेलुकी वीरगन्ज २ छपकैयास्थित उहाको निवासबाट पक्राउ गरेको हो ।

 

घरमा बसिरहेको अवस्थामा व्यापक प्रहरी परिचालन गरेर उनलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गर्न वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा, अपराध नियन्त्रण तथा क्वीआरटी टोली गरी करिब ४० जना भन्दा बढी प्रहरी परिचालन गरिएको थियो ।

 

मुल गेटको ताल्चा लगाई घरभित्र बसिरहेको अवस्थामा छिमेकी सन्तोष क्षेत्रीको घरको छतबाट हाम फालेर प्रहरीले समिरको घरभित्र प्रवेश गरी गेटको ताल्चा फुटाएर उनलाई नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छ ४०—४५ जनाको संख्यामा युनिफर्म तथा सादा पोसाकमा आएका प्रहरीले चारैतिरबाट घर घेरा हालेर उनलाई नियन्त्रणमा लिएको हो ।

 

बाहिरबाट ताल्चा लगाएर घरभित्र बसीरहेको अवस्थामा ताल्चा फुटाएर समिरलाई पक्राउ लगेको हो,’ स्थानिय प्रत्यक्षदर्शी मुन्ना शेखले भने, ‘लकडाउनले गर्दा हामी बसमा बसीरहेका थिए, कोहि घरबाहिर निस्कन पाएनन् तर के कारणले पक्राउ गरेर लगेको हो भन्ने बारेमा खुलाउनु भएन।’

 

 

पक्राउ परेको समिर मुख्यमन्त्री लालबाबु राउत गद्दीका पर्सा जिल्ला प्रतिनिधि रहनु भएको छ । मुख्यमन्त्री योजनाको पर्सा जिल्लाको सम्पूर्ण रेखदेख समिरले नै गर्दै आउनु भएको छ । यता पर्साका प्रहरी उपरिक्षक गंगा पन्तले पक्राउ बारे आफूलाई जानकारी नभएको बताउनु भयो ।

 

nepal top

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?