प्रोफाईल:तस्बीर
काठमाण्डौ ११ बैशाख-बुधबार ध्यराती अबेर राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीचपार्टी एकता घोषणा भएको छ ।राष्ट्रीय जनता पार्टी राजपा नेपालका संयोजक शरत् सिंह भण्डारीको ललितपुरमा रहेको निवासमा भएको वार्तापछि पार्टी एकता घोषणा गरिएको हो ।
एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल हुने छ भने समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा नयाँ पार्टीको झण्डा हुने छ । यस्तै राजपाले प्रयोग गर्दै आएको चुनाब चिन्ह छाता नयाँ पार्टीको चुनाब चिन्ह हुने छ ।राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले अहिले एकीकृत पार्टीको नाम, झण्डा र चुनाब चिन्ह घोषणा गरिएको बताउनुभयो ।
समानताको आधारमा बिस्तारै नेताहरुको मर्यादाक्रम तोकिने र साङ्गठनिक एकता हुने नेता यादवले बताउनुभयो । दुवै पार्टीका चार/चार नेताद्वारा हस्ताक्षरित सहमतिपत्रमा पनि समानताका आधारमा पार्टी एकता गरिने जनाइएको छ ।