वीरगन्ज ११ बैशाख –बिश्वभर माहामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस(कोभिड-१९)को संक्रमणबाट बाच्नको लागी नेपाल अधिराज्य भर सरकारले गरेको लकडाउनबाट प्रभाबित भएका गरीब अति बिपन्न बर्गलाइ राहातमा कुहिएको दाल बाडेको आरोपमा पक्राऊ परेका बारा जिल्लाको कलैया उपमाहानगरपालिका नगर प्रमुख सहित ११ जानालाइ जिल्ला प्रशासन कार्यालय बाराले धरौटी रिहा गरेको छ ।
राजेश राय यादवसहित ११ जाना संग जिल्ला प्रशासन कार्यालय बाराले माग गरेको २ लाख ८१ हजार रुपैयाँ धरौटी बुझाएर बुधबार साझ तीर साधरण तारेखमा रिहा भएको जिल्ला प्रसाशन कार्यालय बाराले जनाएको ।त्यही प्रकरणमा पक्राउ परेका वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैन पनि त्यति नै रकम धरौटी बुझाएर तारिखमा रिहा भएका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितको इजलासले बुधबार साँझ नगर प्रमुख यादव र दाल मिलका संचालक जैनसग जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी मागेको थियो । धरौटीको रकम बुझाएर उनीहरु बुधबार नै बेलुकी साधरण तारेखमा रिहा भएका हुन् ।
दाल प्रकरणमा पक्राउ परेका कलैया वडा नम्बर २७ का वडा अध्यक्ष रियाजुल अन्सारी, वडा नंबर १ का वडा अध्यक्ष हरिओम प्रसाद साह सोनार, वडा नम्बर ७ का वडा अध्यक्ष सैफुल्लाह अन्सारी, वडा नम्बर ११ का वडा अध्यक्ष सर्ब नारायण चौधरी, वडा नम्बर १३ का वडा अध्यक्ष राजन प्रसाद कुर्मी र वडा नम्बर २६ का वडा अध्यक्ष महेश साह पनि ६० हजार धरौटी रुपैयाँ धरौटी बुझाएर बुधबार बेलुकी नै रिहा भएका छन् ।
नगर प्रमुख यादवका काकाको छोरा रवीन्द्र यादव, यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारीद्वय बच्चु यादव र कृष्णप्रसाद यादव पनि ६० हजार धरौटी तिरेर रिहा भएका छन् । दाल प्रकरणमा पक्राउ परेका सबै ११ जनालाई प्रत्येक महिनाको तारिख उपलव्ध गराई हाल धरौटीमा छोडिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । यसपछि साक्षी, वकपत्र हुँदै बहसमार्फत यो मुद्धाको टुङगो लाग्ने जानकारी पनि उहाले बताउनुभयो ।