Breaking-News:-जनकपुर र उदयपुरमा कोरोनाका दुई बिरामी भेटिए, संक्रमितको संख्या ४७

५ years अगाडी teraibulletin

Breaking-News:-जनकपुर र उदयपुरमा कोरोनाका दुई बिरामी भेटिए, संक्रमितको संख्या ४७

 

काठमाडौं ११ बैशाख-कोरोना संक्रमितको संख्या ४७ पुगेको छ। बिहीबार  थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा भएको परीक्षणमा जनकपुरका १४ वर्षीय बालक र उदयपुरकी ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिनुभयो । यो सँगै संक्रमितको संख्या ४७ पुगेको हो।

त्यसैगरी बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका ५८ वर्षीय पुरुष र ५१ वर्षीया महिला डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या ९ पुगेको छ।

 

 

 

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?