काठमाडौँ १२ बैशाख –नेपाली कांग्रेसले राजपा र समाजबादी पार्टी बिच भएको एकता प्रति खुसी ब्यक्त गरेको छ । नेपाली कांग्रेसको सभापति तथा पूर्बप्रधानमन्त्री समेत रहनु भएको शेरबहादुर देउवाले खुशी व्यक्त गर्नुभएको छ । एक वक्तव्य जारी गर्दै देउवाले दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई मजवुत बनाउन मद्दत पुग्ने उल्लेख गर्नुभएको छ ।
उहाले जारी गर्नु भएको वक्तब्यमा जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैलाइ नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना ब्यक्त गर्छु भनी उल्लेख गरिएको छ।