सांकेतिक: फोटो
जनकपुर १२ बैशाख-
हिजो (बिहीबार) पुष्टि भएको कोरोना संक्रमित १४ बर्षीय बालक जनकपूरको नभई सर्लाहिको भएको जानाएको छ दुई नम्बर प्रदेश सरकारका समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले १४ वर्षका बालकको परीक्षण जनकपुरमा भएको तर उनी सर्लाहीका रहेका बताउनुभयो ।
उदयपुरका ५५ वर्षकी एक महिला र जनकपुरका १४ वर्षका बालकमा कोरोनाको सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनु भएको थियो ।सङ्क्रमित १४ वर्षका बालक केही दिनअघि भारतबाट फर्किएका थिए । उनको जनकपुरमा पहिलो परीक्षण गरेपछि काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पुन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।