पर्साको छिपहरमाई गाउपालिकाको लागी हिड़ेका कामदार पोखरामा अलपत्र ।

५ years अगाडी teraibulletin

पर्साको छिपहरमाई गाउपालिकाको लागी हिड़ेका कामदार पोखरामा अलपत्र ।

 

पर्सा,१२ बैशाख -कामको शिलसिलामा बागलुंग पुगेका पर्सेली कामदार लकडाउनले गर्दा काम बन्द भएकोले त्याहाबाट आफ्नो गृह जिल्ला पर्साको लागी हिडेका कामदारहरू कास्कीको पोखरा आउदाआउदै अलपत्रमा परेका छन  ।

पर्साको छिपहरमाई गाउपालिकाबाट रोजगारीको सिलसिलामा बागलुंग गएका उनीहरूलाइ आउनको लागी उताबाट सवारी पास भएको भएतापनी एता उनीहरू भएको पालिकाले पहल गरे मात्र आफुरु पठाउने कास्कीका प्रहरी उपरिक्षक राज कुमार केसीले बताउनु भयो  ।  प्रहरी उपरिक्षक केसिले सम्बंधित पालिकाले हाम्रो मान्छे हुन र उनिहरुलाई पठाई दिन भने मात्र आफुले याहाबाट पठाउने बताउनु भयो  ।

एता छिपहरमाई गाउपालिकाको प्रमुख मनोज गुप्ता संग सम्पर्क गर्दा सम्पर्क हुन नसेकेपछि गुप्ताको भनाईलाइ समाचारमा समेटन सकिएको छैन  । जिल्ला प्रहरी कार्यालय कास्कीले उनिहरुको खान बसने ब्यवास्था समेत मिलाएको प्रहरी उपरिक्षक केसिले जानकारी दिनु भयो  ।

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?