जनकपुरमा क्वारेन्टाइनमा नै महिलामाथी बलात्कारको प्रयास, मेयरद्वारा घटनाको ढाकछोप

५ years अगाडी teraibulletin

जनकपुरमा क्वारेन्टाइनमा नै महिलामाथी बलात्कारको प्रयास, मेयरद्वारा घटनाको ढाकछोप

 

धनुषा १३ बैशाख -धनुषाको एक क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास गरिएको घटना सार्वजनिक भएको छ ।धनुषाको विदेह नगरपालिका–६ स्थित विगत सात दिनदेखि क्वारेन्टाइनमा रहेकी एक २२ वर्षीया महिलामाथि गएराती बलात्कारको प्रयास भएको घटना बाहिर आएको हो ।

गएराती करिब ११ बजेको समयमा क्वारेन्टाइनमा सोही नगरपालिका–५ की एक महिला उपर एकजना सरसफाइ कर्मचारी २८ वर्षीय संजिव पासवानले बलात्कारको प्रयास गरेको आरोप लगाइएको छ । बलात्कारको प्रयास गर्दा महिला चिच्याएर हल्ला गरेपछि त्याँ खैलाबैला मच्चिएको थियो । सो सन्दर्भमा नगरपालिकाका मेयर बेचन दासले महिलाले लगाएको आरोप निराधार रहेको बताउनुभयो ।

उहाले ति महिलासँगै अर्को महिला पनि उनकै कोठामा रहेको र उनीसँग घटनाको सम्बन्धमा बुझ्दा महिलाले लगाएको आरोप गलत रहेको उहाले बताउनुभयो । मेयर दासले भने, ‘आरोपित युवक त्यही गाउँको रहेको तथा उसले घटना घटाएको भए राती नै त्यहाँबाट फरार पनि हुनसक्थ्यो ।’ तर यसले त्यस्तो केहि नगरेको मेयर दासले दाबी गर्नुभयो ।भारतबाट करिव एक हप्ता पहिले गाउँ आएकी महिलालाई आफुहरुले नै क्वारेन्टाईनमा बस्न लगाएको उनले जानकारी दिनुभयो । उहाले ति महिलाको मानसिक स्थिती समेत ठिक नरहेको बताउनुभयो।

यता महिलाको उजुरीको आधारमा प्रहरी चौकी तिनकौरियाले युवकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताउनुभयो । उहांले आरोपितसँग अनुसन्धान गरी मात्र थप कुरा भन्न सकिने जानकारी दिनुभयो ।

 

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?