कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनका विषयमा आगामी रणनीतिबारे आज निर्णय गर्ने

५ years अगाडी teraibulletin

कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनका विषयमा आगामी रणनीतिबारे आज निर्णय गर्ने

 

काठमाण्डौ १३ बैशाखसरकारले लकडाउनलाई कसरी अघि बढाउने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ ।तेस्रो पल्ट थप गरिएको लकडाउनको समय वैशाख १५ गते सोमबार रातिदेखि सकिने भएकाले लकडाउन कसरी अगाडि बढाउने भन्नेबारेमा आज निर्णय हुन लागेको हो ।

त्यसका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले समितिलाई लकडाउनबारे निर्णय गर्न जिम्मा दिएपछि बिहान ११ बजे बैठक बस्ने तय भएको समितिले जनाएको छ । झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्कइएका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?