धर्मेन्द्र कुमार यादव- महोत्तरी
काठमाडौं बाट उदयपुर तर्फ गइरहेको बा ३ ख ४०३६ नम्बरको टुरिष्ट बस बिहान ५:३० बजे बि पि राजमार्ग काे बर्दिबास न पा ३ पाटु भन्ने ठाउमा अाफै अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा परी बसका सह चालक जिल्ला दाेलखा तामाकाेशि झुले बस्ने अनदाजि बर्ष २८ को बाबू राम बिक काे घटना स्थलमै मृत्यु भएको छ । त्यसतै मृत्क बिककाे भन्जा प्रदिप बिकको पनि ढाड मा समानय चाेट पटक लागेकाे छ।
घाइतेको बर्दिबास स्थित शुभ सवस्तिक होस्पिटल मा उपचार भइरहेकाे छ भने बस चालक फरार रहेको छ ।
गाडी मा करिब ३०/३५ जना मध्य सबै को अबस्था समान्य रहेको छ। बस सवार सबैलाई प्रहरीले उदार गरी आ आफ्नो गनत्व्य तर्फ पुर्याउने काम जारी रहेकोे ईलाका प्रहरी कर्यालय बर्दिबासले बताएका छ । मृतक शरिर लाई पोस्टमाट्म का लागि प्रदेशिक अस्पताल जनकपुर लाने तयारी भईरहेको छ ।