पर्सा १३ बैशाख –पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ। नारायणी अस्पतालमा पाँच संक्रमित उपचाररत छन्। त्यसमध्य छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवकको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।
तेस्रो पटक पीसीआर परीक्षणका लागि चारजना संक्रमितको स्वाबको नमूना संकलन गरी तीन दिनअघि हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो।शुक्रबार गरिएकाे परिक्षणमा तीनै जनाकाे रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिनुभयो ।
चारैजनाको पछिल्लो रिर्पाेट नेगेटिभ आए पनि पुनः अन्तिम पटकका लागि शुक्रबार थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणको लागि पठाइएको उहाले बताउनुभयो ।यो रिपोर्टको नतिजाको आधारमा चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको मेडिकलसुपरीटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमितको अवस्था सामान्य छ, तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा सबैको नजिता नेगेटिभ आएको समेत बताउनुभयो । उहाको अनुसार चारजनाको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि सर्लाहीका एकजनालाई भने छुट्टै राखेर उपचार गरिएको छ।