पर्साको पर्सागाढ़ी नगरपालिकामा राहतमा कुहिएको चामल बितरण  

५ years अगाडी teraibulletin

पर्साको पर्सागाढ़ी नगरपालिकामा राहतमा कुहिएको चामल बितरण  

 

वीरगंज, बैशाख १३-पर्साको पर्सागढी नगरपालिका वडा नं ५ पचरुखीमा वितरण गरिएको राहतका खाद्यान्न मध्ये चामल कुहिएको पाइएको छ । वैशाख ६ गते नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा वितरण गरिएको राहतको चामल कुहिएको पाइएको हो ।

वडाले वैशाख ६ गते पचरुखी र भिगना टोलका २ सय २४ जना विपन्न व्यक्तिलाई राहत वितरण गरेको थियो । त्यस दिन राहत लिएका मध्ये केहीले चामल खान योग्य नरहेको गुनासो गरेका छन् । उनीहरुले चामल सडेको पाइएपछि स्थानीय अगुवामार्फत सञ्चारकर्मीलाई जानकारी गराएका थिए । राहतमा वितरण गरिएको चामलको बोराभित्र चामल डल्लो परेको र सडेको अवस्थामा भेटिएको स्थानीय बताउँछन् ।

स्थानीय नथुनी मियाँ हजाम, रामकरण पटेल, महम्मद रसिक मियाँ, लक्ष्मण माझी, जिउत माझी लगायतले राहतमा सडेको चामल परेको गुनासो गरेका छन् । सोही दिन वडा नं ६ का लागि पालिकाले पठाएको ८४ पोका राहत पचरुखीमा लुटिएको पनि थियो । तर नगरपालिकाका प्रमुख लोकनारायण यादवले भने राहतको चामल कुहिएको हुनै नसक्ने दाबी गर्नुभयो ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?