पोखराबाट पर्साको भिस्वा आईपूगेका ४३ जानालाई १४ दिने क्वारेन्टाइनमा राखियो

५ years अगाडी teraibulletin

पोखराबाट पर्साको भिस्वा आईपूगेका ४३ जानालाई १४ दिने क्वारेन्टाइनमा राखियो

 

वीरगंज १३ बैशाख पोखराबाट एउटै बसमा पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वा स्थित आइपुगेका ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।भिस्वा स्थित नै रहेको छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइनमा ६ भारतिय सहित ३८ जनालाई राखिएकाे र ५ जनालाई धाेबिनी गाउँपालिकाकाे क्वारेन्टाइनमा पठाइएकाे छिपहरमाई गाउँपालिकाका स्वास्थ्य संयाेजक शम्भु साहले वताउनु भयाे ।

बा ४ ख ५७९०  नम्बरकाे बसले आज विहान भिस्वा आइपुगेका भारतिय र छिहरमाई गाउँपालिका घर भएकाहरुलाई छिपहरमाईकाे क्वारेन्टाइनमा राखिएकाे र धाेबिनी गाउँपालिका निवासी ५ जनालाई धाेबिनी गाउँपालिकाकाे क्वारन्टाइनमा पठाइएकाे संयाेजक साहले जानकारी गाराउनु भयाे ।

यस अघि देखी पनि श्री मंगल मावि भिस्वामा रहेेकाे गाउँपालिकाकाे क्वारेन्टाइनमा १६ जना रहेकाे छिपहरमाई गाउँ कार्यापालिकाकाे कार्यालयले जनाएकाे छ । विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथामकाे लागि भएकाे लकडाउनमा पाेखराबाट एउटै बसमा धेरै जना आएकाेले सबैलाई क्वारेन्टाइनमा राखिएकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे ।

ति सबै जनालाई १४ दिन सम्म क्वारेन्टाइन मै राखिने प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयाे ।पाेखराबाट बसमा धेरै जना भिस्वा पुगेकाे गाउँपालिका अध्यक्ष मनाेज गुप्ता थाह पाए लगतै त्यहाँ आफै पुगी सबै जनालाई क्वारेन्टाइनमा राख्न निर्देशन दिनुभएको थियो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?