नारायणी अस्पतालमा उपचाररत चार जना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ:डिस्चार्ज गर्ने तयारी

५ years अगाडी teraibulletin

नारायणी अस्पतालमा उपचाररत चार जना संक्रमितको पीसीआर परीक्षणको तेस्रो रिपोर्ट नेगेटिभ:डिस्चार्ज गर्ने तयारी

पर्सा १३ बैसाख-वीरगञ्जको नारायणी अस्पतालको आइसोलेशन कक्षमा उपचार गराइरहेका चार जना कोरोना संक्रमितको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएकाे छ।उनीहरुको तेस्रो रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश नम्बर २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।  लगातार दोस्रो पटक रिपोर्ट नेगेटिभ आएपछि चारैजनालाई डिस्चार्ज गर्ने नारायणी अस्पतालले जनाएको छ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले ‌चारै जनालाई डिस्चार्ज गर्ने तयारी भएको बताउनुभयो। उनीहरुको दाेस्राे रिपाेर्ट पनि नेगेटिभ नै आएकाे थियाे। तेस्राे परीक्षणकाे लागि शुक्रबार चारै जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियाे।नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले भने‌, ‘हामीसँग भएका पाँचमध्ये चारजनाको सेकेण्ड फलोअपमा निगेटिभ आयो।

अर्को फलोअपको सेम्पल हिजो पठाएका थियाैँ। तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि हामी उहाँहरुलाई घर पठाउने तयारीमा हामी जुटेका छौँ।’ हाल नारायणी अस्पताललमा पाँच जना कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यस मध्ये तीनजना भारतीय मुस्लिम धर्मगुरु, एक जना रौतहटका युवक र एक जना सर्लाहीका किशोर रहेका छन्।

 


 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?