काठमाण्डौमा अलपत्र अवस्थामा परेका पर्साका ११९ जाना मजदुरलाइ उद्धार गरी सम्बन्धित ब्याक्तिको जिम्मा लगाइयो।

५ years अगाडी teraibulletin

काठमाण्डौमा अलपत्र अवस्थामा परेका पर्साका ११९ जाना मजदुरलाइ उद्धार गरी सम्बन्धित ब्याक्तिको जिम्मा लगाइयो।

बीरगंज १३ बैशाख –लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका पर्साका एक सय १९ जना मजदुर तथा कामदारहरुलाइ उद्धार गरि आज विहान बिरगंज ल्याएर आफन्तको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा खटिएको टोलीले तीन वटा बसमा ल्याइएका एक सय १९ जनालाइ सम्बन्धित महानगरपालिका, नगरपालिका, नगरप्रमुख, उपप्रमुख, गाउपालिका अध्यक्ष उपाध्यक्ष, तथा वडा कार्यालयका अध्यक्ष एवं जनप्रतिनिधिहरुलाई जिम्मा लगाइएको थियो ।

एक महिना लामो लकडाउनका कारण अलपत्र परेका मजदुर तथा कामदारहरु काठमाडौँमा खान, बस्नको अभाव भएपछि बिरगंज आइपुगेको र उनिहरुलाई होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन स्थानीय निकायलाई जिम्मा लगाई वीरगंजको घण्टाघरबाटै बुझाइएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?