लकडाउन: मुलुकको भूगोल, संक्रमणको अवस्था हेरेर निर्णय गर्न संसदीय समितिको निर्देशन

५ years अगाडी teraibulletin

लकडाउन: मुलुकको भूगोल, संक्रमणको अवस्था हेरेर निर्णय गर्न संसदीय समितिको निर्देशन

 

काठमाण्डौ १३ बैशाख –राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विश्व्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई ध्यानमा राखी मुलुकमा लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने बताएको छ।

मुलुकको भूगोल, संक्रमणको अवस्था हेरेर ‘ग्रीन जोन, रेड जोन र एलो जोन’का रूपमा वर्गीकरण गरी सोहीअनुसार लकडाउनलाई खुकुलो र कडा बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको समितिका सभापति दिलकुमारी रावलले बताउनुभयो।समितिले रोगको संक्रमण रोक्न मुलुकमा अहिलेसम्म भएको प्रयासको सराहना गर्दै सरकार र सम्बन्धित सरोकारवाला संस्था, व्यक्ति र आदेश पालना गर्ने आम नागरिकलाई धन्यवाद दिएको छ।

प्रभावकारी समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई समन्वयमा जोड दिन, कृषि क्षेत्रमा व्यवस्थित योजना र बजेटसहितको कार्यक्रम बनाउन, स्वास्थ्य सतर्कता र सुरक्षामा ध्यान दिँदै राष्ट्रिय महत्वका आयोजना अगाडि बढाउन पनि समितिले सरकारको ध्यानाकर्षण गराएको पनि सभापति रावलको भनाइ थियो ।

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?