बीरगंजको नारायणी अस्पतालमा उपचाररत चार जाना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किए

५ years अगाडी teraibulletin

बीरगंजको नारायणी अस्पतालमा उपचाररत चार जाना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किए

काठमाडौं १४  वैशाख-कोरोना भाइरसबाट संक्रमित थप चार जना निको भएर घर फर्किएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साको नारायणी अस्पतालमा उपचाररत चार जना संक्रमित निको भएर घर डिस्चार्ज भएको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाले पछिल्ला रिपोर्ट कोरोना नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको बताउनुभयो ।  उहाका अनुसार कोरोनालाई जितेर डिस्चार्ज हुनेमा रौतहटका १९ वर्षीय युवकर १२ औं दिनमा र तीन जना पुरुष १५ दिनमा डिस्चार्ज भएका हुन्। योसँगै कोरोनाबाट संक्रमित ५१ मध्ये १६ जना निको भएर घर फर्किएका छन।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?