बिरगंज १४ बैशाख -मुस्लिम धर्मावलम्बीहरुको महान पर्व रमजान शनिबार देखि सुरु भएको छ ।दिन भरी पानी पनि नखाई उपवास बस्ने र बेलुकी मिठो मिठो परिकारहरु बनाई परिवार र ईस्टमित्रहरु सङ्ग बसेर रोजा खोल्ने चलन रहेको छ ।यो उपहास एक महिना सम्म हुने छ ।
रमजानको आइतबार दोस्रो दिन बिरगंज महानगर पालिका मुर्लीका युवाहरुको टिमले वडा न .१२ र १३ मा रोजा बस्ने ब्यक्ती तथा गरिब परिवारहरुको घर-घर रोजा खोल्न १०० जना परिवारहरुलाइ फलफूल तथा मिठाई बित्तरण गरिएको युवा नेता एवं समाजसेवी महमुद अन्सारीले जानकारी गराउनु भएको थियो ।