लकडाउनको मौक़ा छोपि तस्करी फ़स्टयाउदै: ठुलो परिमाणमा तस्करीको छोकड़ा सहित बीरगंजबाट क्षेत्री पक्राउ

५ years अगाडी teraibulletin

लकडाउनको मौक़ा छोपि तस्करी फ़स्टयाउदै: ठुलो परिमाणमा तस्करीको छोकड़ा सहित बीरगंजबाट क्षेत्री पक्राउ

 

पर्सा,श्रीनारायण-महतो १५ बैशाख –

प्रहरीले तस्करीको छोकड़ा सहित एक जानालाई बीरगंजबाट हिजो(आइतबार) साझ ७:१५ बजे पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ  । लकडाउनको मौक़ा छोपी ट्रकमा लोड गरी लुकाई छिपाई तस्करीको छोकड़ा भारत तरफ लैजादै गरिएको अवस्थामा प्रहरी चौकी इनार्वाबाट खटेको प्रहरीको टोलीले बीरगंज मानगरपालिका वडा १६ रजतजयन्ती चौकबाट पक्राऊ गरिएको जनाएको छ ।

 

बिशेष सुराकीको आधारमा प्रहरीले तस्करीमा प्रयोग गरिएको ना.५.ख.९८५९ नं.को ट्रकमा लोड लैजादै गरिएको ५०० बोरा छोकडा अर्थात २५०००किलो छोकड़ा सहित बीरगंज माहानगरपालिका वडा नं.१६ बस्ने बर्ष ३२ को निशाल भन्ने बिशाल क्षेत्रीलाई पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पकाऊ परेका क्षेत्री सहित ट्रक र छोकड़ालाइ आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको प्रहरीले जनाएको  ।  पक्राऊ परेका छोकड़ाको बाजार मूल्य रु.३७,५०,००० रहेको समेत पर्सा प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?