माहामारिको बेला कालो बाजारी गर्नेलाई कारवाही हुनु पर्ने नेकपाका युवा नेता साहको माग

५ years अगाडी teraibulletin

माहामारिको बेला कालो बाजारी गर्नेलाई कारवाही हुनु पर्ने नेकपाका युवा नेता साहको माग

पर्सा,श्रीनारायण-महतो १५ बैशाख

नेपाल कमनिष्ट पार्टी नेकपाका स्थानीय युवा नेता तथा नेपाल पिछड़ा वर्ग ओ.बी.सी पर्साका अध्यक्ष अकलेस साहले माहामारिको समयमा कालो बाजारी गर्नेलाइ हदै सम्मको कार्वाही  गर्नु पर्ने माग गर्नु भएको छ । लकडाउनको बेलामा सर्बसाधारण पीडामा परेको बेला सहुलिय तथा उचित दाममा बिक्री गर्नुको साटो उल्टै कालो बाजारी गरी जनतालाइ ठगनेलाइ कड़ा भन्दा कड़ा कार्वाही हुनु गर्ने उहाको भनाई रहेको छ।

युवा नेता साहले हालै काला बाजारी गरेको आरोपमा पक्राऊ परेका उधोगी चाचानसहित पाँच जनालाइ नै इंकित गरी यस्तो टिपण्णी गर्नु भएको बुझ्न सकिने जस्तो देखिएको छ । पिडाको बेलामा लुटतन्त्र मचाउनेलाइ जसरी पनी कानूनको दयारामा ल्याउनु पर्ने बताउनु भयो ।अहिलेको अवस्थामा सबै पक्ष एक भएर अगाडी बढ्नुको बिकल्प नरहेको अवस्थामा कुनै पक्ष राजनितिमा ब्यस्त भएको छ भने कुनै पक्ष कालो बाजारीमा ब्यस्त भएको टिपण्णी गर्नु भयो ।

उहाले एउटा फरक प्रसंगमा बोल्दै सबै पक्षले एक भएर जानू पर्ने र कोरोना भाइरसबाट बाच्नको लागी सरकारले गरेको लकडाउनलाइ पूर्ण पालना गर्नु गर्ने भन्दै उहाले सबै जनता संग आग्रह गर्नु भयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?