पहिलो कोरोना संक्रमित जसको पाँचौ रिपोर्ट पनि पॉजिटिभ

५ years अगाडी teraibulletin

पहिलो कोरोना संक्रमित जसको पाँचौ रिपोर्ट पनि पॉजिटिभ

       तराइ खबर समाचारदाता- कैलाली,

कैलालीकी ३४ बर्षकी पहिलो कोरोना संक्रमित महिलाको पाचौं पटकको रिपोर्ट पनि कोरोना पोजेटिभ नै आएको छ ।

उनी २५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन। नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण उनमैं पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो । ती संक्रमित युवक निको भएर घर फर्किसकेका छन् तर ३४ वर्षीय उनको रिपोर्ट भने अझै पॉजिटिव रहेको छ।

चार जना निको भएर घर फर्किसकेका छन् भने ती ३४ वर्षकी महिला मात्र हाल अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छिन्

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?