पर्सा,श्रीनारायण-महतो-१६ बैशाख
जिल्ला प्रसाशन कार्यालय रौतहटले कोरोना संक्रमित भेटिएको ठाउलाइ सिल गरेको छ lआज रौतहट जिल्लाको वडा न:-९ भुसाहा र देवाही गोनाही नगरपालिका वडा न:-१ नाहर टोललाइ सिल गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ l जिल्ला प्रसाशन रौतहटले ती दुई जाना कोरोना संक्रमित त्यही ठाउको भएकोले सिल गरिएको जनाएको छ ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै वृन्दावन नगरपालिका वडा नम्बर ९ भुसाहा टोलको दक्षिणमा भिम डाबर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरी र बरगजवा गाउँ र पूर्वमा बिर्ता गाउँ गरी चार किल्ला शिल गरिएको जनाएको छ।
यस्तै देवाही गोनाही नगरपालिका वडा नम्बर १ नहर टोलको पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर, दक्षिणमा नहर (मन) र उत्तरमा खेसरहीया गाउँसम्मको इलाका सिल गरिएको जिल्ला प्रसाशन कार्यालय रौतहटले जनाएको छ।
सिल गरिएको क्षेत्रबाट कुनै व्यक्ति बाहिर निस्कन नपाउने र बाहिरका व्यक्ति भित्र जान नपाउने तथा अन्यत्रबाट सिल गरिएको इलाकामा प्रवेश गरे कानुन बमोजिम कारवाही हुने पनि प्रशासनले चेतावनी दिएकाे स्थानीय प्रसाशनले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।